रुखबाट लडेर घाइते भएकी धनकुटाकी महिलामा कोरोना पुष्टी, उपचारको क्रममा मृ त्यु

धनकुटा खबर । रुखबाट ल,डेर घा,इते भए पछि उपचारमा गएकी धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक महिलाको उपचारको क्रममा मृ,त्यु भएको छ । उपचारका क्रममा कोरोनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

घाँस झार्न रुखमा चढ्दा लडेर घा,इते भएकी धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको बिहिबार साँझ ७ बजे १५ मिनेटमा मृ,त्यु भएको थियो ।

टाउकोमा चोट लागेर गंभीर अवस्थामा उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको र अप्रेसन समेत भइ सके पछि कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

कोरोना संक्रमण पुष्टि भएकाले मृतकको श,वलाई धनकुटा ल्याउँदा जोखिम हुने भन्दै त्यतै अन्त्यष्टि गर्न भनिएको समेत प्रमुख गुराँगाईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।