धनकुटा प्रहरी छिर्यो गाँजा घारी, नष्ट गर्यो ११० रोपनीमा लगाईएको बोट र बेर्ना !
धनकुटा खबर । धनकुटा प्रहरीले ११० रोपनीमा लगाईएको गाजाँको बोट र बेर्ना नष्ट गरेको छ ।

घनकुटा प्रहरीले जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा न ९ र १० को आहाले, खाप्चुवा, किन्दाङ्ग, तामराङ्ग तथा शहिदभूमि गाउँपालिका वडा न १ को घङ्गरो र पोखरे लगायतका स्थानमा र बन तथा पाखो बारीमा करिब १ सय १० रोपनीमा लगाईएको ६१ हजार गाजाँको बोट र बेर्ना नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीले उक्त गाजाँ कार्तिक २६ देखि २८ गते सम्ममा नष्ट गरेको समेत जनाएको छ ।


