धनकुटामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा खबर । आज धनकुटाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धनकुटा नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाउको छ ।
यो सँगै प्रदेश १ मा आज २ सय ७ संक्रमित थपिएकाछन् । मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेकाछन् ।
मन्त्रालयका अनुसार आज सम्म यो प्रदेशमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ का ४ सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय २६ पुगेको छ ।
प्रदेश १ मा आज ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । यहाँ अहिले सम्म १ लाख ८२ हजार १ सय ३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


