आप्रवासी धनकुटाको समन्वयमा मृ’तक परिवारलार्ई राहत मिल्यो,अलपत्र एक नेपाल फर्किए

नारायण कुमार राई,धनकुटा । आप्रवासी श्रोत केन्द्र धनकुटाको समन्वय र सहयोगमा बैदेशिक रोजगारमा मृ त्यु भएका धनकुटाका एक परिवारलाई राहत मिलेको छ भने अलपत्र परेका एक स्वदेश फर्कन सफल भएका छन् ।

बैदेशिक रोजगारका क्रममा दुई बर्ष अघि २०७५ सालमा संयुक्त अरब इमिरेट्स(युएई) गएका धनकुटा नगरपालिका वडा नं ८ का चक्र राईको गएको मंसिरमा मृ त्यु भएको थियो ।

धनकुटा नगरपालिका आप्रवासी श्रोत केन्द्रको बिशेष पहलमा एक हप्ता अघि मृ तकको परिवारले श्रातिपूर्ति स्वरुप २४ लाख ४९ हजार ५ सय ९७ रुपैंया पाएको छ ।

आप्रवासी श्रोत केन्द्रका सूचना अधिकृत मन्जुराईका अनुसार मृ तककी श्रीमती जेठकुमारी राईलाई उक्त रकम हस्तान्तरण गरिएको छ । मृ तक परिवारलाई बिमाबाट १४ लाख युएईबाट ३ लाख ४९ हजार र बैदेशिक रोजगार बोर्डबाट ७ लाख रुपैंया उपलब्ध भएको थियो ।

युएईको आरएके ईन्भेष्टमेन्ट एण्ड डेभलोपमेन्ट अफिस बीएबी रिसोर्ट एफजेडईमा कार्यरत राईको बाथरुपमा लडेर घा’इते भएपछि उपचारका क्रममा अस्पतालमा मृ त्यु भएको थियो ।

त्यस्तै प्रलोभनमा परेर अबैधानिक तरिकाले दलाल मार्फत् कम्बोडिया पुगेर अलपत्र परेका धनकुटा ६ राईकुवा टोलबति(कोस्टिोर)का मणिकुमार राई १० महिना पछि घर फर्किएका छन् । मासिक १ लाख २० हजार भन्दा बढी तलबको प्रलोभनमा परेर राईले दलाल मार्फत् ४ लाख ५० हजार तिरेर भिजिट भिसामा थाईल्याण्ड हुंदै कम्बोडिया पुगेका थिए ।

कम्बोडिया पुगेर दलालले ठेक्का लिएको चाईनिज कम्पनीमा ३ महिना काम गरेपनि सबै तलब दललालले लगेर बेपत्ता भएपछि राई लगाएत धेरैजना अलपत्र परेका थिए । सोही बेला कम्बोडिया पुगेको करिब ७÷८ महिना पछि राईको धनकुटा नगरपालिका र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृदिको साझेदारीमा संचालित आप्रवासी श्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राईसँग सम्पर्क भयो ।

सम्पर्क पछि श्रोत केन्द्रले अन्तराष्ट्रिय आप्रवासन संगठन(आईओएम)सँग सम्पर्क गराई एनआरएनएको आर्थिक सहयोगमा राई नेपाल फकर्न सफल भएको अधिकृत राईले जानकारी दिनुभयो । नेपाल फर्केपछि राईले आफूलाई ठ गी गर्ने दलाल बिरुद्ध श्रोत केन्द्रको सहयोग र समन्वयमा जिल्ला प्रशासन कार्यलय र वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।