अ’पाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परिक्षण शिविर सञ्चालन शूरु

धनकुटा,माघ २० । धनकुटाको पाख्रीवास नगरपालिकामा आजबाट अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परिक्षण शिविर सञ्चालन शूरु हुने भएको छ । अपाङ्गता भएकाहरुका लागि विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण सहित परिचयपत्र वितरण हुने भएको हो ।

पाख्रीवास नगरपालिका सहित सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर र करुणा फाउण्डेसनको सहकार्यमा आजदेखी देखि शिविर सञ्चालन हुन लागेको नगर प्रमुख वृष वहादुर राईले वताउनुभयो । उहाँका अनुसार आज नगरको १० नं वडाबाट शिविर सञ्चालनको शूभारम्भ गरिने छ ।

शिविरमा सम्पूर्ण वडाका सबै खालका अपाङ्गता व्यक्तिको नाक ,कान,घाटी,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गरि आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गरिनेछ ।

आज १० नं वडा को चुङ्माङ् स्वास्थ्य चौकी भोलि २१ गते वडा नं ९ को आधारभुत स्वास्थ्य केन्द्र,२२ गते वडा नं १ को आधारभुत स्वास्थ्य केन्द्र सान्ने, माघ २३ गते वडा नं २ को सान्ने स्वास्थ्य चौकी, २४ गते वडा नं ६ को फलाटे स्वास्थ्य चौकी,२५ गते वडा नं ५ को घोर्लिखर्क स्वास्थ्य चौकी, २६ गते वडा नं ८ मुगा स्वास्थ्य चौकी ,२७ गते ७ नं वडाको मुगा आधारभुत स्वास्थ्य चौकी,२८ गते ३ नं वडाको वडा कार्यलय र २९ गते ४ नं वडा को पाख्रीवास स्वास्थ्य चौकिमा शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।