सरकार विचलित छैनः प्रवक्ता गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् ।

साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताएका हुन् ।

“प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन”, सरकारका प्रवक्ता गुरुङले भने, “राष्ट्र र राष्ट्रिताका लागि मुलुकलाई सही निकास दिने र गन्तव्यमा पु¥याउने काम गर्नेछ ।” उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले भने, “फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आंकलन पनि भएका थिए, तर हामी जे फैसला भए पनि मानेर जाने पक्षका हौँ ।”

छिमेकी राष्ट्रहरु विकासको तीव्रगतिमा अघि बढेको स्मरण गराउँदै उनले नेपालको विकास र समृतिका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टाभन्दा बढी गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्न सफल भएकोमा सम्मान गरिएको थियो ।

सो अवसरमा स्वर्गीय गुरुङका जेठा छोरा तथा विश्वविख्यात गीतारवाधक किशोर गुरुङद्वारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’ नामक कृतिको विमोचनसमेत मन्त्री गुरुङले गरेका थिए ।

उक्त अवसरमा वरिष्ठ संगीतका स्व. गुरुङको सम्मानमा विभिन्न साङ्गितीक प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।