मोरङमा रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमती सहित दुई जना पक्राउ

मोरङ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा मृतककी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार स्थानीय ४० वर्षीय बुधराम सोरेनको आइतबार राति करिब ९ बजे रड प्रहारबाट मृत्यु भएको हो। सोरेनलाई उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारका २७ वर्षीय सुनिल मिश्रले टाउकोमा रड प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनाको सूचना पाएलगत्तै प्रहरीले घटनामा प्रयोग भएको रडसहित मिश्रलाई नियन्त्रणमा लिएको थियो। घटनापछि फरार रहेकी कमलीलाई सोमबार बिहान करिब साढे ७ बजे खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖