चितवनको घोप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
आज बिहान करिब ५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पहिरोका कारण दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ। पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
पहिरोका कारण राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।


