अस्तव्यस्त बन्यो चितवनको कृषि विश्वविद्यालय

चितवन । ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन ।

विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका लागि हानथाप परेको छ । विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुङ्गानाका अनुसार पुस पहिलो साताबाट केन्द्रीय कार्यालय र डीनका कार्यालयमा तालाबन्दी छ । ती कार्यालयमा पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक सङ्गठन, प्रगतिशील कर्मचारी सङ्गठन र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घले तालाबन्दी गरेका छन् । पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठन र पूर्व स्वीकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उनले जानकारी दिए ।

असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजीनामासहितका माग राखेर तालाबन्दी गरेका हुन् । विश्वविद्यालयमा असोज ९ गते प्रा डा पुण्यराज रेग्मी उपकुलपति नियुक्तिपछि विश्वविद्यालयमा निरन्तर जसो तालाबन्दी रहेको छ । उपकुलपति रेग्मीले विवादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कँदै गएको त्यहाँ कार्यरत प्राध्यापक बताउँछन् ।

विश्वविद्यालयभित्रकै प्राध्यापकलाई उपकुलपति बनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको उनीहरूको भनाइ छ । उपकुलपति रेग्मीलाई यस विषयमा जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

विश्वविद्यालयका कृषि सङ्कायका डीन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनिक काम अघि बढाउने प्रयास भइरहेको जानकारी दिए । पठनपाठन र परीक्षाका काम भने रोकिएको छैन । विश्वविद्यालयको उच्च पदाधिकारीको समूहबाट नै तालाबन्दी हुँदासमेत छलफल गरेर निकास निकाल्न सकिएको छैन ।

विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यसअनुसार पदाधिकारीले काम नगर्दा विश्वविद्यालयनै विघटनमा जाने हो की भन्ने चिन्ता बढेको बताउछन् । उनले भने, “सत्ता पक्षका व्यक्तिको आपसी गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो ।” सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्देश्यले विसं २०६७ मा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरी यो विश्वविद्यालय स्थापना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।