देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

सिमकोट,बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताउनुभयो ।

प्रदूषणको प्रभाव नभएपछि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । नाम्खा गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन् ।

कोरोना कहरको लामो समयपछि गत फागुन १ गतेबाट गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भएको थियो । यता सोही गाउँपालिका–६ को लिमीका दुईवटा विद्यालयमा भने कोरोना कहरको समयमा समेत नियमित पठनपाठन जारी थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।