बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै

तनहुँ, बन्दीपुर गाउँपालिका–१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधामन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि रु १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो ।

गाउँपालिकाले बाख्रापालनका लागि १ नं वडालाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । वडाका अगुवा किसानलाई जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित नमूनारूपमा रहेको सिर्जनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइसकिएको उहाँले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालन किसानलगायतको टोलीले अन्य क्षेत्रमा पालिएको बाख्राफार्मको अवलोकन गरेको हो । बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली कृषक समूहलाई प्रदान गरिनेछ । उहाँले भन्नुभयो, “किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधि व्यवस्थापन दाना, घाँसलगायतका सम्पूर्ण काम गर्नेछन् ।”

वडामा रहेको १० टोलका बाख्रापालन कृषक समुहमा आबद्ध हुनेछन् । गाउँपालिकाले उक्त वडामा रहेका बाख्रापालन किसानको घरघरमा पुगेर सर्वेक्षण गर्ने काम सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । बाख्रापालन पकेट क्षेत्र बनाउनका लागि शुरुमा एक हजार बाख्रा राखिनेछ । उहाँले भन्नुभयो, “एक घरधुरीले कम्तीमा पाँचवटा माउ बाख्रा पालेको हुनुपर्छ ।”

प्रधामन्त्री कृषि परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले रु १५ लाख छुट्याइदिएपछि गाउँपालिकाले निर्णय गरेर उक्त कृषक समूहलाई रकम हस्तान्तरण गरेको हो । एक सय ५० जना बाख्रापालन कृषक छनोट भइसकेको र बढ्ने क्रम जारी रहेको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर–१ मा बाख्रा पकेट क्षेत्र कार्यक्रम शुरु भएपछि त्यस क्षेत्रका बाख्रापालन किसान थप उत्साहित भएर लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।