सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने

गण्डकी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ ।

कोरोना कहरका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पुर्नजागरण गराउने लक्ष्यका साथ दुबै होमस्टेका सञ्चालकका लागि गत चैत २० र २१ गते घरवास सचेतना गर्न लागिएको पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष रेनु थापा मगरले जानकारी दिनुभयो । घरवास पर्यटनका पर्याप्त सम्भावना रहेका लब्सी बोट र भुक देउरालीमा आगामी दिनमा पर्यटकको आगमन बढाउन पनि कार्यक्रम महत्वपवूर्ण बन्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

सचेतनानका क्रममा पर्यटकलाई गरिने आतिथ्यता, सत्कार, स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ । संघका निवर्तमान अध्यक्ष लक्की कार्की क्षेत्री, अध्यक्ष रेनु थापा मगर, महासचिव शोभा पाण्डे न्यौपाने लगायत पर्यटन क्षेत्रका विज्ञबाट होमस्टे सञ्चालकहरूलाई तालिम तथा प्रशिक्षण दिइने संघले जनाएको छ ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित गण्डकी प्रदेश भित्रका विभिन्न जिल्ला तथा स्थानमा सञ्चालित होमस्टेहरूमा पछिल्ला दिन आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएका अवस्थामा नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि अघि बढाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।