एकल महिला र सु,त्केरीलाई ब्ल्याङ्केट र चामल

काभ्रेपलाञ्चोक, जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ ।

सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अति विपन्न ४०० एकल महिला तथा सुत्केरीलाई जनही दुई थान ब्ल्याङ्केट, सुत्केरी सामग्री र एक बोरा चामल तथा लत्ताकपडा वितरण गरेको हो ।

उनीहरूलाई अबको तीन महिनासम्म चामल वितरण गरिने रिमरेकको सबैका लागि समावेशी परियोजनाका प्रबन्धक राजन गौतमले बताउनुभयो । उहाँका अनुसार परियोजनाले दुवै स्थानीय तहका सबै वडा समेटिएको छ । परियोजनाअन्तर्गत सङ्कटासन्न ४०० परिवारका दुई हजार लाभान्वित भएको रिमरेकका सचिव रमेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार राहत सामग्री दुवै स्थानीय तहका जनप्रतिनिधिले स्थानीयस्तरमै वितरण गर्नुभएको थियो ।

“हामीले राहत सामग्री स्थानीयस्तरमै पुगेर वितरण ग¥यौँ, दाता संस्थालाई विशेष धन्यवाद दिन्छौँ”, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर तामाङले भन्नुभयो । यसअघि गत माघमा सिबिएम नेपालकै सहयोगमा रिमरेकले ती दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले एक एक थान ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो ।

रिमरेकको कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत भुम्लु गाउँपालिकाको १० वटा वडाका १०० र मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको थियो । मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले रिमरेकको सहयोगले अपाङ्गता भएका व्यक्ति, एकल महिला र सुत्केरीलाई राहत पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरले पनि अपाङ्गता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाएको छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।