पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म

मुग्लिन,चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गर्नुभएको छ । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने मूल नाराका साथ जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म आरोहणका लागि यात्रा शुरु गर्नुभएको हो ।

जिल्लाका विभिन्न पर्यटकीयस्थल अङ्कित लोगो फहराउने उद्देश्यका साथ शनिबारदेखि यात्रा शुरु गरिएको गुरुङले बताउनुभयो । उहाँले जिल्लाको एकमात्र गाउँपालिकामा रहेको अग्लो भूमिबाट शुरु गरिएको यात्राले विशेष गरी गाउँपालिका र यहाँ रहेका पर्यटन क्षेत्रको प्रचारप्रसार हुने जानकारी दिनुभयो ।

सामुद्रिक सतहदेखि एक हजार ९४५ मिटर उचाइमा रहेको चितवनको सबैभन्दा अग्लो भूमि सिराइचुलीमा पुगेर सगरमाथा आरोहणको लागि अभियान शुुभारम्भ गरेको अभियानका संयोजक कृतिकुमार श्रेष्ठले बताउनुभयो । गाउँपालिकाको मात्र नभई समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उहाँको विश्वास छ ।

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफालाई सगरमाथा आरोहणको तयारी गर्ने नेपालस्थित सेभेन समिट ट्रेकमार्फत नै गुरुङको पनि आहरोणको तयारी भएकाले पनि जिल्लाको पर्यटन प्रवद्र्धन त्यसमा पनि इच्छाकामनाको पर्यटन क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा लिइएको छ ।

यसैबीच गुरुङलाई आइतबार गाउँपालिकाले एक कार्यक्रमकाबीच बिदाइ गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले उहाँलाई सहयोग रकम हस्तान्तरणसहित बिदाइ गर्नुभएको हो । अध्यक्ष गुरुङसहित अन्य जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बिदाइ गरेका हुन् । उक्त अवसरमा गाउँपालिकाले आरोहणका लागि रु तीन लाख सहयोग गरेको छ । उहाँलाइृ गाउँपालिका अध्यक्ष गुरुङले चेक हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्षले सगरमाथा आरोहण गर्न लागेका गुरुङलाई गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोण गर्न लागेकामा खुशी व्यक्त गर्नुहुँदै आरोहण सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । यसअघि आरोही गुरुङले स्वीडेनमा रहेको पाँच हजार मिटर अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेकाले पनि मौसमले साथ दिए अप्रिलको अन्तिममा सगरमाथाको सफल आरोहण गर्नसक्ने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।