चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना

भक्तपुर, नेपाल सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को आयोजना गर्ने भएको छ । यही चैत २८ गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका सात सोतोकान करातेको ३२ डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ठ खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने भएको एशोसिएशनका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । उहाँका अनुसार प्रतियोगितामा करीब रु पाँच लाख खर्च लाग्ने छ भने मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।