काठमाडौंबासीको धारामा २४ सै घण्टा पानी वितरण यसरी गर्न सकिन्छ

मेलम्चीको पानी आएपछि उपभोक्ताको आवश्यकता पूरा गर्न सहज भए पनि माग भने पूरा नहुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताएका छन् ।

हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग भएपनि उपलब्ध ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर भएको उनको भनाइ छ । यसरी हेर्दा काठमाडौंमा २४ सै घण्टा पानी दिन याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि मात्र सकिने बताए ।

‘हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग छ । हामीसँग उपलब्ध भनेको ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर आउने भन्ने कुरा छ । अहिले त साढे ८ करोड लिटर मात्रै आएको छ । १७ करोड लिटर पानी आएपछि २५ करोड लिटर हामीलाई हुनेछ । अझै पनि १८ करोड लिटर त पानीको अभाव हुनेछ । चौबीसै घण्टा पानी दिनका लागि पानी पर्याप्त भइसकेको छैन । त्यो पर्याप्तता याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि माग र आपूर्ति मिल्नेछ ।

तर, याङ्ग्री र लार्के धेरै ढिला हुने र काठमाडौं उपत्यकामा जनसंख्या फेरि बढ्दै जाने हो भने फेरि पनि समस्या आउन सक्छ । याङ्ग्री र लार्के सकेसम्म छिटो ल्याउन सकियो भने अहिलेको माग धान्नलाई सजिलो हुन्छ । चौबीसै घण्टा हामी पानी दिन पनि सक्छौं भनेर हामीले अनुरोध पनि गरिरहेका छौं । यही किसिमबाट अगाडि बढ्ने भन्ने सरकारको पनि कार्यक्रम छ भन्ने हामीले बुझिरहेका छौं ।’ कारोबार दैनिकमा शाक्यको अन्तर्वार्ता छापिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।