बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा

नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।

भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेको वातावरण विभागको वायु गुणस्तर अवलोकन प्रणालीले जनाएको छ । बुधबार बिहानदेखि मध्यान्हसम्म वातावरण थोरै उज्यालियो । अपरान्हपछि उस्तै गाढा बन्न पुग्यो । यस्तै अवस्था कायम रहे मानिस घरभित्रै बसे पनि सुख पाउनेछैनन् । भित्रै बस्दा पनि आँखा पोल्ने, घाँटी खि¥याउने जस्ता समस्यासँगै बालबालिका र ज्येष्ठ नागरिकमा समस्या पर्न थालेको काठमाडौँवासी बताउँछन् ।

सिमरा, भरतपुर पोखरालगायतका स्थानमा वायु प्रदूषण उच्च बन्दै गएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले हरेक दिन दिउँसो केही कम प्रदूषण देखिए पनि आगामी दिनमा प्रदूषण थप बढ्ने बताए । उनका अनुसार यसै विषयमा वन तथा वातावरण मन्त्रालयमा थप छलफल भएको छ । सोमबार एकै दिन देशका आठ सय स्थानमा डढेलो लागेको थियो । आइतबार ७२८ स्थानमा डढेलो लागेको थियो । मङ्गलबार अपराह्न केही घटेको डढेलो बुधबार बिहान फेरि बढेको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖