‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’

काठमाडौँ, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को समयमा नेपाल प्रहरी अस्पतालले गरेको काम सराहनीय रहेको बताउनुभएको छ । नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा आज महाराजगञ्जमा आयोजित कार्यक्रममा उहाँले कोभिड–१९ बाट सङ्क्रमण भएका प्रहरी कर्मचारीलाई सामान्य जीवनमा फर्काउनका निम्ति अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउनुभएको हो ।

महानिरीक्षक थापाले प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्वयन निरन्तर र दीर्घकालीन हुनुपर्ने उल्लेख गर्दै अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यक्रममा महानिरीक्षक थापाले अस्पतालको बिलिङ तथा रिपोर्टको अनलाइन सेवा शुभारम्भ गर्नुका साथै अस्पताल दर्पण–२०७७ र नेपाल मेडिकल जर्नल विमोचन गर्नुभएको थियो । उहाँले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको रु दुई करोड अस्पतालका मेडिकल निर्देशक प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभएको थियो ।

अस्पतालका मेडिकल निर्देशक डा सिंहले प्रहरी अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताउनुभयो । सो अवसरमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, रमेशचन्द ठकुरी, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।