पार्टीलाई बलियो बनाउन जिल्ला कमिटी गठन’

मोरङ, नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राख्नुभयो । नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशलाई आफूले सम्मान गर्ने बताउँदै पार्टीमा विसं २०७५ जेठ २ गते अगाडिको सबै निर्वाचित सबै पदाधिकारी कायम रहनुपर्नेमा जोड दिनुभयो । एक प्रश्नको जवाफमा उहाँले प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्ताव फिर्ता केही बाध्यताका कारण भएको बताउनुभयो । उहाँले वर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोबल घटाएको, सङ्गठन छिन्नभिन्न बनाएको आरोप लगाउँदै सबै कार्यकर्तालाई एकताबद्ध गरी सुदृढ पार्टी बनाउने दाबीसमेत गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।