सदन स्थगन

विराटनगर, प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेशै नगरी स्थगन भएको छ । दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिलापछि सञ्चालन हुने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले बताउनुभयो ।

उभिनुभएका सांसदलाई पटकपटक आशन ग्रहण गर्न उपसभामुख पोखरेलले आग्रह गर्दा पनि सांसदले आशन ग्रहण नगरेपछि बोल्न समय पाउनुभएका नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतका झलकबहादुर मगरले सरकार चौथो वर्षमा प्रवेश गर्दा पनि जनता सरकारबाट सन्तुष्ट नरहेको टिप्पणी गर्नुभयो । उहाँले हामी अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसको धारणामा समानता र मुद्दामा ऐक्यबद्ध छौँ भन्दै सरकारले चालु आर्थिक वर्षका लागि सञ्चालित योजना अलपत्र अवस्थामा रहेकाले अविलम्ब सञ्चालन गर्नुपर्ने माग गर्नुभयो ।

प्रमुख सचेतक मगरले प्रदेशमा सञ्चालित बहुवर्षीय सडक योजना तथा पुलका काम लथालिङ्ग अवस्थामा रहेकाले बजेटको सुनिश्चिता गरी योजना सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले बजेट पुस्तिकामा प्रकाशित निर्वाचन क्षेत्र पूर्वाधार कोष र निर्वाचन क्षेत्र विशेष कार्यक्रम कोष सक्दो छिटो बन्दोबस्त गर्नुपर्ने माग राख्दै सङ्घीय सरकारबाट हस्तान्तरित योजनालाई प्रदेश सरकारले मनोमानी ढङ्गले सञ्चालन गर्ने कार्य रोक्नुपर्ने कुरामा जोड दिनुभयो ।

राजनीतिक आस्थाका आधारमा कर्मचारीको वृत्ति विकासमा भेदभाव र सरुवा गरिरहेकाले सो कार्य रोक्नुपर्ने भन्दै प्रमुख सचेतक मगरले सरकारले हाम्रो मागलाई सम्बोधन नगरेसम्म सदन चल्न नदिने घोषणा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत ३० गते दिउँसो १ बजे बस्ने उपसभामुख पोखरेलले सदनमा जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।