सडक मर्मत गर्न सवारी आवातजावत बन्द हुने

मकवानपुर, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्हार गर्न चैत २८ देखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारको यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेश, यातायात पूर्वाधार प्रदेशनालयले आज जनाएको छ ।

उक्त सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्नुपरेको वाग्मती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले राससलाई बताउनुभयो । उहाँका अनुसार, काठमाडौँको दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्ड यातायात सञ्चालनमा रोक नलगाएको जानकारी दिनुभएको छ ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने भनी सहमतिको साथ निर्णय गरिएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भण्डारीले बताउनुभएको छ ।

काठमाडौँको दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।