राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताउनुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले राजकुमार फिलिपले मानवताका लागि गर्नुभएको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताउनु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।