प्रधानमन्त्री र ठाकुरबीचको निकटता आगामी चुनाव र सहयात्रासम्म जान सक्ने

कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको निकटता बढेको छ । ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरु बताउँछन् ।
ठाकुर निकट नेताहरु प्रधानमन्त्री र ठाकुरबीचको निकटता आगामी चुनाव र सहयात्रासम्म जान सक्ने बताउँछन् ।

पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुर निकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो । त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पुरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि ठाकुरजी प्रधानमन्त्रप्रति आशावादी देखिनुभएको हो ।

मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ । यो भेटघाट कहिले एक्ला एक्लै र कहिले संयुक्त हुने गरेको छ । प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली काँग्रेसले बोलाएका तीन दलको बैठकमा पनि देखियो । काँग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन् ।नागरिक दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖