कोरोना सङ्क्रमणबाट एकको मृ त्यु – प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

चौतारा, १८ वैशाख । कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृ त्यु भएको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सुनकोशी गाउँपालिकाअन्तर्गत खाडीचौरस्थित सिन्धु विकास बैंकमा कार्यरत एक कर्मचारीको केही दिनअघि भक्तपुर अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको थियो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीसहित २६ जनामा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिहरू धेरैजसो कर्मचारी भएकाले उनीहरू होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित भएपछि कोभिड र इमरजेन्सीबाहेक चौतारा अस्पतालका अन्य सेवाहरु आजबाट बन्द गरिएको छ ।

दोस्रो लहरको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । त्यस्तै, हिजो बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले चौतारा, बाह्रविसे, खाडीचौर, जलबिर,े मेलम्ची लगायतका प्रमुख बजारका पसलहरु बिहान १० देखि बन्द गर्नाका साथै जिल्ला प्रवेश गर्ने नाकामा हेल्थ डेस्क (स्वास्थ्य जाँच केन्द्र) राख्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मापदण्ड अपनाउनाका साथै अत्यावश्यक कामबाहेक अनावश्यक रुपमा हिँड्डुल नगर्नसमेत सर्वसाधारणलाई अपिल गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।