वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ, १९ वैशाख । वन तथा वातावरण मन्त्रालयले ‘नेपाल वन निगम लमिटेड’मा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले सो पदमा दरखास्त दिने उम्मेदवारह मध्येबाट मोरङका पंकजकुमार दास, काठमाडौँका अच्युतराज पहाडी र बझाङका रामेश्वर भट्टराईको नामावली छनोट सूची परेको सूचना यही वैशाख १८ गते सार्वजनिक गरेको हो ।

‘सर्टलिष्ट’ परेकाको वैशाख २६ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र २७ गते अन्तर्वार्ता गरिने परिक्षा तालिका मन्त्रालयले यस अघि नै प्रकाशन गरिसकेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिनुभयो । यस अघि आवेदन परेकाहरूको वैशाख १५ र १६ गते व्यवसायिक कार्ययोजनाको अध्ययन मूल्याङ्कन कार्यक्रम गरी सूची प्रकाशन गरिएको थियो ।

मन्त्रालयले गत चैत ३ गते निगमको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिष्पर्धात्मक प्रतियोगताद्वारा पदपूर्ति गर्न १५ दिनको समयावधि तोकी सूचना प्रकाशित गरेको थियो । साथै यसअघि २०७६ साल भदौ १ गते मन्त्रालयद्वारा नै प्रकाशित वन निगमको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विज्ञापन २०७७ साल चैत १ मन्त्रिस्तरीय निर्णयबाट रद्द गरिएको थियो ।

सूचनाअनुसार उक्त पदमा मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि गरी सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेको र ३० वर्ष उमेर पूरा भएको योग्यता तोकिएको थियो । सिइओ छनोटका लागि गठिन समितिले अन्तिम तीन जनाको नामावली छनोट गरी मन्त्रालयमा पठाउने र मन्त्रालयको प्रस्तावमा तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्ति गर्नसक्ने कार्यविधिमा व्यवस्था छ ।

वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थितरूपमा कटान सङ्कलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने उद्देश्ले २०१७ सालमा स्थापित द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको नै हालको वन निगम हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।