आजदेखि सबै आन्तरिक उडान बन्द

काठमाडौं, बैशाख २१ । सरकारले आजदेखि देशभित्र हुने सबै आन्तरिक हवाई उडान बन्द गरेको छ।

कोरोना भाइसरको संक्रमण नियन्त्रणको लागि सरकारले हवाइ उडान बन्द गरेको हो।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयअनुसार गएरातिदेखि नेपालभर हुने सबै आन्तरिक उडान बन्द भएका छन्। वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द रहने पर्यटन मन्त्रालयले जनाएको छ।

सरकारले आगामी बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्दैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २३ राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मापदण्डको पूर्ण पालनागरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल र भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु हप्ताको दुईवटा मात्र सञ्चालन हुने दिने निर्णय पनि सरकारले गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।