धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निषेधाज्ञा

जनकपुरधाम २१ वैशाख । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।

सोमबार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा बसेको बैठकले औषधि उपचारबाहेक अन्य कार्यका लागि घरबाट बाहिर जान निषेध गरेको छ । स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको छ । तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाइने निर्देशन जारी गरिएको छ ।

मालबाहक ढुवानीका साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिने छ । विवाह तथा व्रतबन्धको लागि अनुमति तथा पास जारी गर्ने कार्य सम्बन्धित ‘क’ वर्गको इलाका प्रहरी कार्यालयले बढीमा १५ जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी अनुमति दिन सक्नेछ । अत्यावश्यक अवस्थामा नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सकिने व्यवस्था गरिएको छ ।

अन्य खुला सिमानाको जुनसुकै विन्दुबाट आवागमन नगर्ने, नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन, आइसोलेसन बस्नुपर्ने तथा जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था मिलाइएको छ ।

नवलपुर– नवलपरासी ९बर्दघाट–सूस्तापूर्व०मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लामा ३०० भन्दा बढी सङ्क्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को बैठकले नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिश गरेको हो । सोमबार मात्रै जिल्लामा ७७ नयाँ सङ्क्रमित फेला परेका छन् । योसहित नवलपुरमा कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ३४६ पुगेको छ ।

दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको निधन भएको छ भने नयाँ सङ्क्रमणको लहरपछि सङ्क्रमित भएकामध्ये २७ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

सिमकोट– हुम्ला जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०ले आज राति १२ बजेदेखि २८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गर्नुभएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लाका स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृ त्यु भएकाको शव जलाउन हरेक गाउँपालिकामा सद्गदस्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय गरेको छ ।

आजबाट हवाई यातायात सेवासमेत बन्द हुने भएको छ भने जिल्लाको दक्षिणी क्षेत्रमा रहेका मुख्य नाका कवाडी, बालुकुना र चङ्खेली नाकासमेत शिल गरिएको छ । एक हप्ताको निषेधाज्ञा अवधिमा एक पालिकाबाट अर्को पालिकामा आवतजावतसमेत बन्द गरिएको छ । सोमबार बिहान नेपालगञ्ज हुँदै हुम्ला पुगेका ४० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ जनामा कोरोना देखिएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।