परीक्षण नहुँदा गाउँ-गाउँमा संक्रमणको त्रास

सर्लाही,२२ वैशाख । कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् ।

सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण जिल्लाका गाउँ वस्तीहरुमा कोराना सङ्क्रमण फैलिने सम्भावना रहेको छ ।

भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर सङ्क्रमण पत्ता लगाउने भनिए पनि जिल्लाका नाकाहरुमा जाँच हुने गरेको छैन । स्वास्थ्य कार्यालयमा पिसिआर जाँच हुने गरेको भएपनि नागरिकको पिसिआर परीक्षणमा चासो कम देखिएको कार्यालयका सूचना अधिकारी बलिराम यादवले बताउनुभयो ।

खुला सीमाबाट निर्वाधरुपमा बिना परीक्षण नै मानिसको आवतजावत हुँदा कोरोनाको सङ्क्रमण गाउँघरमा फैलिएको भन्दै जिल्लाका अधिकांश स्थानीय निकायले पूर्ण तथा आंशिक निषेधाज्ञाको घोषणा गरेका छन् । जिल्लामा हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ भने चार जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।