न्यायिक व्यक्तित्व गुमायौः सर्वोच्च

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो ।

बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न पदीय जिम्मेवारी र भूमिकामा समेत रही करीब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएका स्व लक्ष्मीबहादुर निराला खड्काको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तिलाई गुमाएको छ ।” बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

पूर्वमहान्यायाधिवक्तासमेत रहनुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । जनकपुरमा विसं २००० माघ २ गते जन्मनुभएका निरालाले काठमाडौँलाई कर्मथलो बनाउनु भएको थियो । उहाँ कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त हुनुभएको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।