मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पताल बनाउने गृहकार्य शुरू

जनकपुरधाम, २३ वैशाख । प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ ।

सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको छ । सोका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको छ । इञ्जिनीयर भगवान् झाका अनुसार प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्य सम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रता दिइने छ ।

सो भवनमा कोरोना अस्पताल सञ्चालन सन्दर्भमा भवन र परिसर प्रहरीको जिम्मा दिई अस्पताल सञ्चालनको पूर्व व्यवस्थापन गरिने बताइएको छ । प्रयोगविहीन रहेको मणिपाल शिक्षण अस्पतालका कोठाहरूमा झ्याल नभएको, रङरोगन र ढोका जीर्ण अवस्थामा रहेको बताइएको छ । इञ्जिनीयर झाले अस्पताल सञ्चालनका लागि जनशक्ति भर्नाको कार्य पनि शुरू गरिएको बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।