प्रधानको योगदान चीरकालसम्म सम्झने छौँःराष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । “नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ”, ट्वीटमा भनिएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ । दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । “नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ”, ट्वीटमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दैै उहाँप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।