जिल्ला अस्पताललाई ८० लाखका दरले रकम प्रदान

गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका छ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रु ८०/८० लाख रकम प्रदान गरेको हो ।

प्रदेशका छ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन उक्त रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला सङ्क्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको जनाइएको छ ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेशिन खरीदको प्रक्रिया अघि बढाइसकेको बताए । सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक परेकामा ३०० सिलिन्डर मात्रै उपलब्ध भइरहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।