पत्रकारिता दिवसः १६ पत्रकार सम्मानित हुने

काठमाडौँ, २४ वैशाख । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस–२०७८’ का अवसरमा सरकारले १६ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार सम्मान–२०७६’ अग्निशिखा, मरणोपरान्त (काठमाडौँ) र हर्ष सुब्बा(सुनसरी) लाई प्रदान गरिने घोषणा गर्नुभयो ।

त्यसैगरी मन्त्रालयले २०७७ सालको सोही पुरस्कार रघु मैनाली (काठमाडौँ) र शार्दूल भट्टराई (काठमाडौँ) लाई प्रदान गर्ने छ । पुरस्कारको राशि जनही रु दुई लाख हुने छ । ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उजिर मगर, बाग्लुङ), मात्रिका पौडेल (रामेछाप), सङ्गीता खड्का (काठमाडौँ), शेषराज दाहाल (सिन्धुली), हेमकान्तबहादुर बिक (बाँके) र शीतल शाह (धनुषा) लाई प्रदान गरिने भएको छ । विसं २०७७ को सोही पुरस्कार दिलीप थापा मगर (भक्तपुर), दीपेश न्यौपाने (मोरङ) दुर्गाप्रसाद शर्मा (पर्वत), शुरोजङ्ग पाण्डे (दोलखा), नितु पण्डित (नुवाकोट) र पुनम पौडेल (ललितपुर) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही रु एक लाख रुपैयाँ रहने छ । सो पुरकार उपयुक्त समयमा प्रदान गरिने छ ।

सोही अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकार संवेदनशील र जिम्मेवार भएर लागिपरेको जानकारी दिनुभयो । सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “उपचारका क्रममा कमी देखिएका औषधि, अक्सिजन, सिलिण्डरलगायत सामग्री चीन र भारतबाट ल्याउने तयारी भइरहेको छ, त्यसैगरी आइयियु बेड बढाउनेबारे काम भइरहेको छ ।”

उहाँले कोरोनाबारे भ्रम र आतङ्क फैलाउनेभन्दा पनि जनतामा आशा जगाउने गरी सकारात्मक सन्देश र समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सोसल मिडिया प्रयोगकर्तालाई आह्वान गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “पत्रकारले जस्तो लेखेप नि हुन्छ भन्ने हुँदैन, उसले निश्चित दायरा, मापदण्ड र आचारसंहिताभित्र रहेर लेख्नुपर्ने हुन्छ, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि आग्रह गर्दछु, जनतालाई आतङ्कित हुने गरी सामग्री पोष्ट नगर्नुहोस् ।” सञ्चारमाध्यमले कोरोनाबारे सकारात्मक सन्देश दिने खालका भन्दा पनि भ्रम सिर्जना गर्ने गरी क्षणिक बिक्री हुने समाचार सामग्री सम्प्रेषण गरेको उहाँको भनाइ थियो ।

उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकारको प्रेस पास व्यवस्थापन र पत्रकार कल्याणकारी कोषलगायत विषयलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोरोना व्यवस्थापनका निम्ति सबै राजनीतिक दल एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकारिता क्षेत्रलाई संस्थागत गर्दै जीवन्त पेशाका रुपमा अगाडि बढाउनुपर्ने बताउँदै कोरोनाका समयमा मिडियाले सकारात्मक सन्देश सम्प्रेषण गर्ने अपेक्षा गर्नुभयो ।

मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ । मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गरेको छ ।

नेपालमा गोरखापत्र प्रकाशनको पहिलो दिन वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ । विसं १९५८ देखि साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन शुरु भएको थियो ।

गोरखापत्रको १२१ औँ वार्षिकोत्सव तथा छौौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्री गुरुङले सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । सरकारले ६ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । हरेक वर्ष विविध कार्यक्रमका साथ दिवस मनाइँदै आए पनि यस वर्ष कोरोना भाइरसका कारण मनाउन नसकिएको मन्त्रालयले जनाएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।