प्रदेश १ मा अहिले सम्मकै उच्च ९ सय ३७ संक्रमित
विराटनगर । प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्या अहिले सम्मकै उच्च हो ।
गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
मोरंगको विराटनगरमा १२४ महिला र १७७पुरुष सहित ३०१, सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा३–३, धनपालथान, सुनबर्षी र स्थानीयतहनखुलेका १–१, झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८ रहेका छन् ।
त्यसैगरि कमलगाउँपालिकामा७,बा¥हदशीमा ४, स्थानीयतहनखुलेका ३, स्थानीयहल्दिबारी र झापागाउँपालिकामा२–२, शिवसताक्षी र गौरीगञ्जमा १–१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशीगाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीयतहनखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।


