नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयू र आइसोलेसन केन्द्र

काठमाडौं, बैशाख २७ ।  कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारका लागि काठमाडौं महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पताल बीच अक्सिजनसहितको एचडीयू (हाइ डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर भएको छ।

यसका लागि आज कामपाको तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र नरदेवी अस्पतालका निर्देशक डा प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कोभिड–१९ को दोस्रो लहरले काठमाडौं उपत्यकामा हरेक दिन संक्रमितको सङ्ख्या बढेर अस्पतालहरुको क्षमतामा कमी भइरहेको अवस्थामा बिरामीलाई समयमानै उपचार प्राप्त होस भनेर कामपाले नरदेवी अस्पताललाई आर्थिक सहयोग गर्ने भएको हो।

सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने कामपाले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ।

त्यसैगरी कामपाले अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइन सहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रङ्गरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर आगामी जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ।

उपचारमा खटिएका जनशक्तिलाई प्रोत्साहन भत्ता, बिरामीका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिने छ।

पहिलो चरणमा ५० शय्याबाट अक्सिजनसहितको आइसोलेसन सेवा शुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमतीपत्रमा उल्लेख छ। आइसोलेसनको व्यवस्थापनका लागि दुवै पक्षबाट दुईदुई जना प्रतिनिधि रहने व्यवस्थापन समिति गठन गरिनेछ। समितिले आइसोलेसन संञ्चालन व्यवस्थापनको समग्र व्यवस्थापन गर्नेछ।

‘जोखिम बढ्दो क्रममा छ। बाक्लो बस्ती भएकोले संघीय राजधानी रहेको कामाप क्षेत्र अझ जोखिममा छ। यहाँ बसोबास गर्ने जनतालाई बचाउन साझा प्रयास गरौँ, हामी सक्छौँ, आत्मविश्वास बढाऔँ, महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई महानगरबाट यथोचित सहयोग हुनेछ’, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने।

अस्पतालका निर्देशक डा. केसीले महामारीमा आयुर्वेदिक अस्पतालले काम गर्न सक्छ भनेर विश्वास गरेपछि महानगरलाई आफूले अभिभावकका रुपमा पाएको बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।