म अहिले जनताको काममा व्यस्त छु : छथरजोरपाटी गाँउपालिका उपाध्यक्ष श्रेष्ठ
धनकुटा जिल्ला सदरमुकामबाट उत्तरपुर्वी क्षेत्रमा रहेको छथरजोरपाटी गाउँपालिका राज्यको पुनरसंरचना संगै साविक हात्तिखर्क, तांखुवा, परेवादिन र तेलिया ४ वटा गाविस मिलेर बनेको छ । ६ वटा वडामा विभाजित छथरजोरपाटी गाउँपालिका पुर्वमा तेह्रथुमको लालीगुँरास नगरपालिका र तेह्रथुम जिल्लाकै छथर गाउँपालिका तथा पश्चिममा धनकुटा नगरपालिका र पाख्रीबास नगरपालिकासम्म फैलिएको छ ।
त्यसैगरी उत्तरमा धनकुटा जिल्लाकै महालक्ष्मी नगरपालिकासंग जोडिएको छ भने दक्षिणमा तमोर नदी तथा धनकुटा जिल्लाकै चौविसे गाउँपालिकासंग जोडिएको छ ।
यो गाउँपालिका प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो भने बेमौसमी तरकारी र दुध उत्पादनको पनि केन्द्रको रुपमा चिनिन्छ । यो गाउँपालिकामा ध्वजेडाँडा, पटेकडाँडा, , फाप्रे झरना,धार्मिक पर्यटकिय स्थलहरु गुम्बा, पाथिभरा मन्दिर , शिबालय, गुफाहरु जस्ता पर्यटकीय क्षेत्र रहेका छन् भने सिंधुवा, जोरपाटी, सल्ले, हात्तिखर्क, तांखुवा जस्ता प्रशस्त बैमौसमी तरकारी र दुध उत्पादन हुने क्षेत्र हो ।
त्यस्तै पहिलेको तेलिया गाविस प्रशस्त अन्न उत्पादन हुने क्षेत्र हो । यहाँ लिम्बु, क्षेत्री, बाहुन, तामाङ, सेर्पा ,मगर, नेवार, भुजेल, कामी, दमाई लगायत जातजातीहरुको बसोबास रहेको छ । छथरजोरपाटी गाँउपालिका उपाध्यक्ष भिम कला श्रेष्ठ संग अहिलेसम्मको अनुभव , उपलब्धि र न्यायिक समितिका संयोजकको रुपमा काम गरिहदा न्याय सम्पादन क्षेत्रमा आउने समस्या र चुनौति , विकास निर्माण तथा गाँउपालिकाबाट सञ्चालित विभिन्न कार्ययोजनाको अनुगमनका पाटालाई कसरी अगाडी बढाइरहेको छ भन्ने विषयमा मानवी मोक्तानले गरेको कुराकानी …
–अहिले के मा व्यस्त हुनुहुन्छ ?
– म अहिले जनताको काममा व्यस्त छु ।
– ४ वर्षेकार्यकाल सम्म आइपुग्दा तपाइ कसरी अगाडी बढीरहनुको छ,उपलब्धि के कति हासिल गर्न सफल हुनु भयो ?

-४ वर्ष पुग्दा वरदामा चुनावको समयमा पनि जनता सामु भोट मागिरहदा जनता सामु प्रत्येक वडामा बाह्रैमास सवारी साधन चल्ने बनाउने भनेका थियौ ,प्रत्येक टोल कुना काप्चा सम्म चार पाङग्रे सवारी साधन गुड्ने एम्बुलेन्स चल्ने बनाउने भनेका थियौ , सडक निर्माण काम तिब्ररुपमा अगाडि बढिरहेको छ ।
त्यस्तै गरी गाँउपालिकामा सबै नागरिकलाई खानेपानी तथा सिचाइको समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि खानेपानीका विभिन्न योजना सञ्चालित रहेकाछन् भने खानेपानी सम्बन्धि धेरै योजना सम्पन्न गरेर खानेपानीको सेवासुबिधा पनि दिइसकेकाछौ ।
यसैगरी गाँउपालिकामा हस्पिटल निर्माण कार्य पनि अगाडि बढ्दैछ , सिटामोल खान पनि जनताहरु धनकुटा सदरमुकाम धाउनु पर्ने अवस्था रहेको थियो अहिले सबै वडाबाट स्वास्थ्य सेवा सुबिधा पु¥याएका छौ ।
त्यस्तै गरी कृषिमा राम्रो सम्भावना बोकेको गाँउपालिकाहो यहाँबाट तरकारी जन्य बस्तु अत्यधिक उत्पादन भइरहेको थियो भने त्यस्तै गरी पशुपालन क्षेत्रमा पनि उस्तै सम्भावना बोकेको गाँउपालिका हो । यहा बाट अत्यधिक मात्रमा दुध उत्पादन हुदै आईरहेको छ । उत्पादन क्षेत्र राम्रो भएपनि किसानको जिवन स्तर सुधार हुन सकिरहेको थिएन । कृषि र पशुपालन क्षेत्रमा हरेक वर्ष कृषि क्षेत्रलाई प्राथमिकता राखेर राम्रो बजेट छुट्याउदै आइरहेका छौ , विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका छौ ।
स्रोत भर्ना सापटि कार्यक्रमको व्यवस्था गरेर रकम उपलब्ध गराएका छौ, त्यस्तै गरी विभिन्न पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेका छौ । यसरीनै कृषि क्षेत्रमा धेरै काम गरेका छौ तर गर्दा गर्दै पनि २०७८ साल बैशाख २ गते आएको विपत्ति असिना पानीले गर्दा किसानको ठुलो मात्रमा क्षति पुराएको छ । किसान चिन्तित र निरास भएको अवस्था रहेको छ ,किसानको क्षतिको विवरण संकलन गरि आफै पनि संयोजक छु र अहिले प्रदेश र संघ सरकार संग बाट किसानलाई राहात उपलब्ध गराउने कोसिस गरिरहेका छौ ।
यस्तै समस्या समाधानका लागि तिन वटै सरकार गम्भिर भएर लागि रहेकाछौ , शिक्षा क्षेत्रमा पनि यसरीनै विभिन्न उपलब्धि मुलक कार्यक्रम योजना अगाढि बढाएका छौ । मलाई लाग्छ हामीले सोचे अनुसार नै चुनावका समयमा जनतामाझ बोलेका गरेका बाचाहरु पुरा हुदै गइरहेको छ ।
शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तन गरेका छौ , सरकारि विघालयमा विद्यर्थीलाई कसरी आवद्ध गराउने भन्ने विषयमा ठुलो चुनौति रहेकोको थियो ,त्यसैका लागि दिवा खाजाको व्यवस्था र झोला वितरण र अङग्रेजि माध्यम बाट पठन पाठनको व्यवस्था गरिएको छ , शिक्षकहरु थोरै तलब मा काम गरिरहेको थियो हामिले तलब बढाएका छौ , यसै बिच एकल महिला दिदिबहीनी र विभिन्न महिला समुह सक्रिए थिएन यस्तो समस्या समाधानका लागि , एकल महिलाका लागि विउ पुजीकोष खडा गरिदिएका छौ उनिहरुको जिवन स्तर सुधारका लागि अहिले ति कोष मार्फत राम्रो संग व्यापार व्यवसाय सञ्चालन गरिरहनु भएको छ । प्रत्येक वडामा एकल महिला गठन गरिएको छ ।
– समितिमा आएको विवादलाई कसरी मिलाउने गर्नुभएको छ ?
शुरुमा समितिमा आएको निवेदन हाम्रो कार्य क्षेत्रमा पर्ने हो होइन भनेर अध्ययन हुन्छ । यदि न्यायिक समितिको कार्यक्षेत्रमा पर्ने रहेछ भने निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउछौँ । प्रक्रिया अगाडि बढाउने दुवै पक्षको छलफल गराएर सकेसम्म हामीकहाँ आएका विवाद सहमतिमा मेलमिलाप गराउँछौँ । हाम्रो कार्यक्षेत्रमा नपरेको उजूरी जिल्ला अदालत पठाइदिन्छौँ ।
कतिपय विवादमा प्रशासनसँग सहयोग लिनुपर्ने हुन्छ, प्रशासनलाई पनि छलफल गराइदिनू भनेर अनुरोध गर्छौँ । अहिले सम्म साचिक्कै भन्नु पर्दा असहजै भएपनि तर पनि कानुनमा टेकेर गाँउघरका गरिब महिलाहरुलाई ठूलो ठाँउमा जान थाहा नहुनेहरु लाई महिला मात्र नभएर सबै किसिमका अन्यायमा परेका नागरिकलाई सहज भएको पनि मैले महसुस गरेको छु , स्थानिय तहमा न्यायिक समितिको व्यवस्थाले गर्दा उनिहरुले पनि गाँउपालिकामा मेलमिलाप मार्फत मिलाउने भएका कारण मिलेर उनिहरु खुसि साथ जाने गरेको छ ।
–गााउपालिका बाट सञ्चालित योजना तथा अयोजना विकास निमार्णका काम पनि अनुगमनका पटालाई पनि तपाइलेनै हेर्नुपर्ने हुन्छ अहिले सम्म कसरी अगाढि बढिरहेको छ अनुगमन क्षेत्रका काम ?
हामी विकास निर्माण काम लगायत विभिन्न कार्यक्रम, आयोजना तथा योजनाका काममा नियमित अनुगमन गर्ने गरेका छौ , अहिले सम्म कुनैपनि योजनामा ठूलो समस्या आएको छैन , कहिकतै योजनाकाम समयमै सक्नका लागि गह्रो हुने गरेको तेस्तो क्षेत्रमा पनि छपलफल तथा आपसि समझादारिमा समस्या समाधान गर्दै आइरहेका छौ । योजनाका कामहरुमा अहिले सम्म सन्तोष जनक नै अवस्था रहेको छ ।
–अबको प्राथमिकतामा के के कुराहरू रहेका छन् ?
गाउँपालिकामार्फत् सुरु गरिएका अधुरा कार्यक्रमलाई आगामी दिनमा पूर्णता दिनेछु। खानेपानी योजना सञ्चालन, सडक तथा कृषि र पर्यटनलाई जोड, संरक्षण तथा व्यवस्थापनजस्ता कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइनेछ।


