नागरिकको स्वास्थ्यका लागि राष्ट्रिय ध्वजाबाहकको उच्च सक्रियता

सिबी अधिकारी/काठमाडौँ, ३० वैशाख । नेपाल यतिखेर दक्षिण एशियामै कोभिड–१९ महामारीको उच्च जोखिम र पीडामा अगाडि बढिरहेको छ । सङ्ख्यात्मकरूपमा भारत कोरोनाबाट प्रभावित ठूलो जनसङ्ख्या भए पनि नेपालमा जनसङ्ख्याका आधारमा गत हप्ताबाट भारतभन्दा बढी प्रभावित रहेको तुलनात्मक तथ्याङ्कले पुष्टि गरेको छ ।

कोरोनाको यो भेरियन्ट निकै छिटो सर्ने कारणले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्नुका साथै मृत्युदरसमेत वृद्धि हुने प्रक्षेपण गरिएको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नागरिकको जीवन रक्षार्थ जिम्मेवारीपूर्ण क्रियाशील रहेको छ । हाल ३० हजार अतिरिक्त सिलिण्डरको आवश्यकता टड्कारोरूपमा देखापरेको छ ।

यो कोरोना भेरियन्टबाट प्रभावित आम नागरिकको जीवन रक्षार्थ अक्सिजन मुलुकमा उत्पादित भए पनि मुख्यरूपमा सिलिण्डरको अभावले गम्भीर समस्या उत्पन्न भएको समय र सन्दर्भमा मित्रराष्ट्र चीन सरकारले अनुदानस्वरुप नेपाललाई दिएको दुई हजार थान अक्सिजन सिलिण्डरमध्ये राज्यअधिनस्थ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यही वैशाख २८ गते आफ्नो जहाजको क्षमताबमोजिम ४०० थान सिलिण्डर चार्टर्ड उडानमार्फत ल्याइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजनमा निगमले बाँकी एक हजार ६०० अक्सिजन सिलिण्डर लिन पुनः चीनको राजधानी बेइजिङ उडान पठाइने भएको छ । निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार तालुक पर्यटन मन्त्रालयबाट बुधबार निगमलाई प्राप्त निर्देशनबमोजिम निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका सम्बन्धित उच्च व्यवस्थापनले उच्च सक्रियताका लागि आन्तरिक गृहकार्य सम्पन्न गरेको छ ।

प्रवक्ता श्रेष्ठले निगमको वाइडबडी जहाज ए–३३० उडान नम्बर आरए ४२५१ उक्त खाली अक्सिजन सिलिण्डर लिन मे १५, १६, १७ र १८ तारिखमा बेइजिङ नेपाली समयतालिकाअनुसार राति ११ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारी रहेको जानकारी दिनुभयो । काठमाडौँ–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ । यसैगरी निगमको जहाज कलसाइन आरए ५२५२ बाट मे १६, १७, १८ र १९ तारिखमा ६ः२० को उडान यात्रा पूरा गरी उक्त सामग्री नेपाल ल्याउने योजना निगमको छ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रले दिएको जानकारीअनुसार चीनस्थित नेपाली राजदूतावासले चीनमा रहेका नपाली समुदायसँग नेपालका लागि हाल अतिआवश्यक खाली अक्सिजन सिलिण्डरका लागि गरेको समन्वय पनि प्रसंशनीय रहेको बताउनुभयो ।

निगमका प्रवक्ता श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिण्डर नेपाल आउने बताइएको छ ।

उक्त मेडिकल चार्टर्डको व्यवस्थापन सम्बन्धमा निगमका सहप्रवक्ता मिश्रले निगम राष्ट्रिय ध्वजाबाहक भएको हैसियतले राष्ट्र र नागरिकको आवश्यकताबमोजिम सदैव उत्तरदायित्वबोधसहित विगतददेखि नै क्रियाशील रहिआएको बताउनुभयो । कुनै बेला मुलुकमा इन्धनको सङ्कट उत्पन्न हुँदा विसं २०४६ ताका निगमको जहाजमार्फत इन्धन ढुवानी गरिएको थियो । हाल आवश्यक अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री ढुवानीमा निगमको सम्बन्धित टोली क्रियाशील रहेको जनाइएको छ ।

निगमको जहाजले यसअघि चीनबाट ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेन्टिलेटर र १६० थान अक्सिजन कन्सर्नटेटर ल्याएको थियो । कोभिड–१९ महामारीको असहज अवस्थामा उद्धार उडान तथा अत्यावश्यक सामग्री ओसारपसारमा निगमका जहाज विपद्का उडान सारथी बनिरहेका छन् । यसअघि कोभिडको पहिलो लहरका क्रममा पनि निगमका वाइडबडी जहाजले चीनका विभिन्न शहरबाट औषधिजन्य सामग्री तथा उद्धार उडान गरेको थियो ।

अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको जनाइएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी ए–३३० र दुई न्यारोबडी ए–३२० जहाज छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।