यस्तो छ आज सम्मको धनकुटाको कोरोनाको विबरण

धनकुटा, ३१ बैशाख । नयाँ भेरियन्ट सहितको दोस्रो लहर शुरु भए यता धनकुटा जिल्लामा कन्ट््रट्रेसिङ्ग र जिल्ला भित्रका अस्पतालमा उपचारका लागि आएका बिरामीमा गरिएको पि.सि.आर.परिक्षणमा २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस मध्ये धनकुटा नगरपालिकाका मात्र १०४ जनामा कोरोना संक्रमण पुष्ठी भएको धनकुटा नगरपालिका स्वास्थ्य प्रमुख भोजराज भण्डारीले बताउनु भएको छ ।

१०४ मध्ये ५ बर्ष उमेर सम्मका २ जना, ६ देखी २० बर्ष उमेर सम्मका ११ जना, २१ देखि ६० बर्ष उमेरका सम्मका ८० जना र ६१ देखि माथिका उमेर सम्मका ११ जना रहेको छ । जस मध्ये पुरुष ४६ र महिला ५८ रहेको छ ।

भण्डारीका अनुसार ७८ जना होम आइसोलेशनमा, ४ जना अस्पतालको आइसोलेशनमा, २ जना आई.सि.यूमा र २० जना निको भै सकेको बताउनु भएको छ ।

वडा अनुसार धनकुटा नगरपालिका वडा नं ६ मा ४१ जना , वडा नं ७ मा १५ जना, वडा नं ४ मा १० जना, वडा नं २ मा ७ जना, वडा नं १ मा ५ जना, वडा नं ५ मा ४ जना, वडा नं ८ मा २ जना, वडा नं ३ र १० मा १,१ जना र अन्य १८ जना रहेका छन् ।नगरपालिका भित्र २३८ जनामा पि.सि.आर परिक्षणका लागि स्वाब लिईएको थियो ।

यसै गरि दोस्रो लहर शुरु भए यता शुक्रबार सम्म धनकुटा जिल्लामा ६५७ जनाकोे पि.सि.आर.परिक्षण गर्दा २४७ जना कोरोना संक्रमण पुष्ठी भएको धनकुटा अस्पतालका सुचना प्रमुख राजन पोख्रोलले बताउनु भएको छ । निको हुनेको संख्या २० जना रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।