पिसिआर परीक्षण शुल्क घट्यो

रुपन्देही, ३१ वैशाख । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो ।

सरकारले रु एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई हजार शुल्क लिँदै आएको थियो । आजदेखि रु एक हजारमा पिसिआर परीक्षण शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन अन्तरिम आदेश

अक्सिजनको आपूर्ति सहज बनाउन, स्वाब सङ्कलन र पिसिआर परीक्षणको दायरालाई विस्तार गर्न बिहीवार अदालतले अन्तरिम आदेश जारी गरेको हो । अदालतले सुविधा सम्पन्न क्वारेन्टिन, आइसियु, भेन्टिलेटरको उपयुक्त व्यवस्थापन गर्न गराउन, बालबालिका, महिला, वद्धवद्धा र विपन्न वर्गलगायत विशेष संरक्षण गर्नुपर्ने समाजका सदस्यलाई उपचारमा प्राथमिकतामा राख्न आदेश गरेको छ ।

त्यस्तै महामारीको सङ्कटको अहिलेको समयमा कालोबजारीले प्रश्चय नपाओस् भनेर नियमित रुपमा बजार अनुगमन गर्न गराउन पनि अदालतले अन्तरिम आदेशमार्फत सजग गराएको छ । हालसम्म कोरोनाविरुद्धको खोप कति जनालाई दिइएका छ र हालसम्म पिसिआर जाँच कति भयो, स्वाब सङ्कलन केन्द्र कति रहेका छन, पिसिआर जाँच गर्दा को कसलाई निःशुल्क परीक्षण गर्ने गरिएको छ भनी लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

मुख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगपालिका, लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र, जिल्ला विपद् व्यवस्थापन र लुम्बिनी प्रदेश सरकारबाट स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा कोषबाट हालसम्म दाङमा भए गरेका कामकारबाहीको विवरण संलग्न गरी आगामी जेठ ९ गतेभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

रिट निवेदक अधिवक्ता विष्णुमणि धिताल, अधिवक्ता रवीन्द्रकुमार धिताल, अधिवक्ता मधुसूदन गौतम, नागरिक अगुवा तथा पत्रकार सुशील बस्नेत र टेकनाथ आचार्यले सो सम्बन्धी बिहीबार उच्च अदालत तुलसीपुरमा रिट दायर गर्नुभएको थियो । निवेदकका तर्फबाट अधिवक्ता विष्णुमणि धिताल, रवीन्द्रकुमार धिताल र अधिवक्ता गौतमले बहस गर्नुभएको थियो ।

रामग्राम नगरपालिकामा प्रमुख चढ्ने गाडी एम्बुलेन्स

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहका प्रमुखले आफू चढ्दै आएको सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा गर्नुभएको छ ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदा सङ्क्रमितले एम्बुलेन्स नपाएर उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र गुप्ताले आफूले चढ्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिनुभएको हो ।

एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नसकेर कुनै पनि नगरवासीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर आफूले चढ्दै आएको लु१झ ४७३ नंको सरकारी गाडी एम्बुलेन्स बनाएको उहाँले बताउनुभयो । नगरप्रमुख चढ्दै आएको उक्त गाडी अब नगरभित्रका सङ्क्रमितलाई आइसोलेशन र अस्पतालसम्म तथा अस्पतालबाट घरसम्म पु¥याउने कार्यमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार रामग्राममा हाल ३०१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना सङ्क्रमणकै कारण नगरपालिकाभित्रका २२ जनाले ज्यान गुमाएका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।