प्रदेश १ मा आज थप ५ सय ९१ संक्रमित,कुन जिल्लामा कत्ति ?

विराटनगर । प्रदेश १ मा आज ५ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ३ सय २७, झापामा १ सय ६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १ सय ४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनपालथान र रंगेलीमा ३–३, जहदा, बुढीगंगा र उर्लाबारीमा २–२, सुन्दरहरैचा, सुनबर्षी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३०, विर्तामोडमा २९, दमकमा २६, कनकाईमा १७, अर्जुनधारामा १६, बुद्धशान्तिमा १४, कमल गाउँपालिकामा ८, कचनकवलमा ६, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा ४–४ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १७, इटहरीमा ६, देवानगञ्जका ५, इनरुवामा ४, बर्जुमा ३, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ताप्लेजुङको श्रीजंगामा ११, भोजपुरको आमचोकमा ९ र भोजपुर नगरपालिकामा १, इलामको चुलाचुलीमा २, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३ हजार १९८ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् ।

आज १४५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार ७०८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३१९ जनाको पीसीआर परीक्षण गरिएको मध्ये २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।