अस्पताल भरियो, आइशोलेसन रित्तै

काठमाडौँ । नुवाकोट सहित धादिङ र रसुवा आसपासका जिल्लाका कोरोना सङ्क्रमित बिरामीको पहिलो रोजाई त्रिशूली अस्पताल बनेको छ । सङ्क्रमित बिरामीको लागी नुवाकोटका स्थानीयतहले सुबिधा सम्पन्न ओइशोलेसन केन्द्र बनाएपनि त्यहाँका श्ययाहरु खाली छन् ।

बिरामीको रोजाई बनेको अस्पतालमा भने श्यया भरिएर दोश्रो पटक थप गरिएको छ । जिल्लाका मात्र नभई रसुवा र धादिङ स्थित जिल्ला अस्पतालमा उपचाररत सङ्क्रमित बिरामी पनि त्यहाबाट रिफर भएर त्रिशूली अस्पताल आउन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

उनको अनुसार बिरामीको चाप बढेसगैँ दोश्रो पटक श्यया थप गरेर उपचार सेवा उपलब्ध गराइएको छ । अस्पतालमा हाल ५१ सङ्क्रमित उपचाररत छन् । तीमध्ये गम्भीर अबस्थाका छ श्यययाको सघन उपचार कक्ष (आइसियू), चार श्यययाको हाई डिपेन्डेन्सी युनिट (एचडियु) र चार भेन्टिलेटर राखिएको छ । आईसियू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी धेरै भएकाले व्यावस्थापनमा समस्या बनेको छ ।

अस्पतालले सङ्क्रमित बिरामीको लागी श्रोत, साधन र जनशक्ति अनुसार ४० श्ययाको आइशोलेसन वार्ड स्थापना गरिएकोमा अपुगे भएसगैँ २० श्यया थप गरेर हाल ६० श्यया पुराइएको छ ।” उनले भने “दुई पटकसम्म श्यया थपिसकेकाले अब भने नसक्ने अबस्थामा पुगेका छौ ।” वाग्मती प्रदेश मातहत रहेको ५० श्ययाको अस्पताल हो । अस्पतालले नियमित सेवा सुचारु राख्दै सोहि श्रोत र जनशक्ति मार्फत हाल अतिरिक्त ६० श्ययाको कोभिड वार्ड चलाइरहेको छ ।

कोरोना भाइरसको दोश्रो लहर देखिएसगैँ अस्पतालले ४० श्यययाको कोभिड वार्ड तयार गरेको भएपनि बुधबार र शुक्रबार थप १०÷१० श्यया वृद्धि ६० श्यया पु¥याएको हो । सङक्रमितको स्वास्थ्यमा समस्या देखिएसगैँ धेरै बिरामीको रोजाई यही अस्पताल भएसगैँ माग धान्न गाह्रो हुदै आएको डा पाण्डेको भनाइ छ ।

“भूकम्पपछि पुर्ननिर्माण गरिएको सुविधासम्पन्न भवन रहेको अस्पतालमा आरटी–पिसिआर प्रयोगशाला र आफ्नै अक्सिजन उद्योग समेत भएकाले बिरामीको लागी अस्पतालप्रतिको विश्वास धेरै हुनसक्छ” उहाँले भन्नुभयो “अबभने स्थानीयतहको आइशोलेसन केन्द्रमा बिरामी ‘होल्ड’ गर्न आग्रह गर्नेछौ ।”

कोरोनाको दोस्रो लहर आएसगैँ जिल्लाका प्रत्येक स्थानीयतहमा व्यवस्थित आइशोलेसन केन्द्र सञ्चालनमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १२ स्थानीयतहले १५ स्थानमा निर्माण गरेको केन्द्रमा अक्सिजन सहितको १८१ श्यया तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

उनको अनुसार केन्द्रमा चिकित्सक सहितको सुबिधा भएपनि सङक्रमित भने त्रिशूली अस्पतालमा नै भर्ना हुनेदर बढेकाले अब पालिकालाई आ–आफ्नै स्थानका बिरामीलाई सकेसम्म पालिकाभित्रै व्यावस्थापन गर्न भनिएको छ । कोरोना नियन्त्रणको लागि जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा कायम रहेको छ ।

“कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाको भाइरस पुष्टि भएसगैँ जिल्लाको सबैजसो स्थानीयतहले अति आवश्यक बाहेकका सेवा बन्द गरेर महामारी रोक्न लागेका छन् ।”कार्यालयका सूचना अधिकृत खनालले भने “कोरोनाको सक्रमितको पहिचानको लागी खोजपड्ताल, स्वाब संकलन, सक्रमितको उपचार प्रभावकारी बनाउन पालिकाले आइशोलेसन केन्द्रमा बिरामी राख्न पहिलो प्रथामिकता दिनुपर्छ ।”

स्थानीयतहको आइशोलेसन केन्द्रमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिई, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा उपलब्ध भएपनि कोरोना सक्रमित बिरामी त्रिशूली अस्पतालमा आकर्षित हुदाँ पालिकाको श्यया भने रित्तै छन् ।

जिल्लामा आइसियू र भेण्टिलेटर सेवा सहित अक्सिजनको ब्यबस्था सहज भएसगै नुवाकोटको बिरामीको लागी यो महामारीमा पालिकाको मात्र नभई काठमाडाँै भन्दा त्रिशूली अस्पताल पहिलो रोजाई बनेको छ । सङ्क्रमितको लागी अस्पतालबाट उपलब्ध सेवा सबै निःशुल्क रहेको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।