अस्पताल जाँदैनन् कोरोना सङक्रमित, घरमै उपचार

झापा । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो ।

सास फेर्न समस्या देखिए सकभर घरमै अक्सिजन सिलिण्डर लाने र अक्सिजन सिलिण्डर नपाए मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् ।गौरीगञ्ज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियन्टपश्चात् आजसम्म ६० सक्रिय सङ्क्रमित रहेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सङ्क्रमितमध्ये ५० जना होम आइसोलेशनमा छन् भने दुई जनाले कोशी अस्पतालमा उपचार गराइरहेका छन् । कूल सङ्क्रमितमध्ये एक जनाको मृ त्यु भइसकेको छ ।

दोस्रो भेरियन्ट देखा परेपश्चात् गाउँपालिकाद्वारा १२२ जनाको स्वाव सङ्कलन गरिएको स्वास्थ्य शाखाप्रमुख रामचन्द्र मिश्रले बताए । कोरोना सङ्क्रमित ६० मध्ये सात जना सङ्क्रमण मुक्त भइसकेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले १५ शय्याको आइसोलेशन र ८ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ । पचास शय्या क्वारेन्टिन कोरोना सङ्क्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्टपछि कोही पनि बिरामी अस्पताल आएका छैनन् । शय्याहरू खाली छन् । बिरामीले घरमै उपचार गराइरहेका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले नेपाल सरकारको प्रोटोकलअनुसार नै बिरामी होम आइसोलेशनमा बसेको बताए । उनले होम आइसोलेशनमा बसेका बिरामीहरुसँग नियमितरूपमा स्वास्थ्यकर्मीहरुको सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारी दिए ।

गौरीगञ्जमा मात्र होइन झापाका हरेक स्थानीय तहका नागरिकले कोरोना सङ्क्रमित भएको खण्डमा घरमै उपचार गराउँदै आएका छन् । सन्तोष आचार्य, पुष्प बराल, वीरबहादुर दर्नाल, गोपाल काफ्ले, पर्वत पोर्तेललगायतका पत्रकारहरु पनि कोरोना सङ्क्रमणपछि घरमै उपचार गराएर स्वास्थ्यलाभ गरिरहेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।