नलकटुवा पेस्तोलसहित एक पक्राउ

सर्लाही, जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।