चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

मध्यपुरथिमि, चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिण्डर सहयोग गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा रु दुई लाख ४८ हजारमा सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो । अस्पताललाई आफूले रु एक लाख २४ हजारमा पाँच र चाँगुनारायण– ४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाललगायतका सहयोगमा रु एक लाख २४ हजारमा अर्को पाँच गरी ठूलो सिलिण्डर किनेर अस्पताललाई दिइएको बुढाथोकीले बताउनुभयो ।

कोरोना भएका बिरामीले अन्तका अस्पतालमा उपचार गर्न शय्या नपाएकाले उक्त अस्पतालमा अहिले १० शय्या भए पनि ११ कोरोना बिरामीको उपचार गरिइरहेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले कोरोना बिरामीका लागि अस्पताल, आइसोलेशन, एम्बुलेन्स र शववाहन सञ्चालन गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।