मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल

धनुषा,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी)लाई अपिल गर्नुभएको छ ।

प्रदेश नीति तथा योजना आयोगको संयोजनमा जनकपुरधामस्थित मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीसँगको छलफलमा राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन अपिल गर्नुभएको हो ।

युएन एजेन्सिजले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो गर्दै मुख्यमन्त्री राउतले युएन एजेन्सीहरुबाट आउने सहयोग प्रदेशसम्म ल्याउनका लागि पहल गर्नसमेत प्रदेशस्थित प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

युएन एजेन्सीजले हालसम्म महामारी नियन्त्रणमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत सहयोगको अपेक्षासमेत व्यक्त गर्नुभएको हो ।

छलफलमा समाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, युएनडिपीका धनबहादुर चन्द, युएनडिएसएसका जितेन्द्रजङ्ग कार्की, डब्लुएचओका डा सुरेशकुमार शुक्ला, आइओएमका पङ्कजलाल सिंह, युनिसेफका अशोककुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रको सहभागिता रहेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।