कोरोनाबाट वडामा एकै समुदायका नौको मृ,त्यु

दैलेख, दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृ,त्यु भएको छ । एक वडामा यति धेरैको कोरोना संक्रमणबाट मृ,त्यु भएको दैलेखमा पहिलो हो ।
मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृ,त्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताउनुभयो ।

उहाँहरुको परीक्षणविनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृ,त्यु भएको बताइएको छ । अन्य ६ मध्ये दुई जनाको भारतमा मृ,त्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृ,त्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताउनुभयो । कामका लागि भारत गएका स्थानीयवासी घरमा फर्केसंँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृ,त्यु भएको हो ।

एउटै टोलमा एक सयभन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।