सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

भक्तपुर,कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रूपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उहाँले आज हस्तान्तरण गरेको हो ।

सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरणलगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बस्नेतले अहिले महामारीको यो समयमा जनताको सुरक्षा र बिरामीलाई सहज एम्बुलेन्स सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरोनाका बिरामीका लागि सूर्यविनायक नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन लागेको बताउँदै सांसद बस्नेतले उपचार तथा सुविधा अभावका कारणले यहाँका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख थापाले नगरका जनताको जीवन रक्षाका लागि आफू अरोरात्र खटिरहेको बताउँदै नगरभित्रका जनतालाई कोरोनाका कारण उपचारमा कुनै समस्या आउन नदिने दाबी गर्नुभयो । उहाँले सांसद बस्नेत र आफ्नो पहलमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आउन लागेको बताउँदै कोरोना सङ्क्रमितको उपचारलाई उच्च प्राथमिकतामा राखेर सेवा दिने बताउनुभयो । भक्तपुरका जनताले चौबिसै घण्टा एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ मा सम्पर्क गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै, योयो युनिटी भक्तपुर, नेपाल रेड्क्रस सोसाइटी भक्तपुर र ब्लोडान, भक्तपुरको संयुक्त सहकार्यमा भक्तपुरका बासिन्दाका लागि निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना लगायतका अन्य बिरामीलाई अस्पताल पु¥याउने सेवाका लागि चौबिसै घण्टा सञ्चालन गर्ने गरी निःशुल्क एम्बलेन्स सेवा शुरु गरेको योयो युनिटीले जानकारी दिएको छ । एम्बुलेन्स चाहिएमा ९८६१८५४९८२ मा सम्पर्क गर्न सक्नेछ ।

कोरोना सङ्क्रमित बिरामीका लागि सेवा दिन भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स समन्वय समितिले अक्सिजनसहितका एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमणका बेलामा पनि सङ्क्रमितले सहज रूपमा एम्बुलेन्स नपाएको गुनासो आएकाले चौबिसै घण्टा सेवा दिने गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बलेन्स चाहिएमा ९८६१७५६४६१ मा सम्पर्क गर्न समिनिले आग्रह गरेको छ ।

यता नेपाल नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले महामारीको समयमा गत वर्षदेखि यस वर्षसम्म नियमित एम्बुलेन्स चलाएर बिरामीको सेवा गरेको भन्दै एम्बुलेन्स चालकलाई नगद पुरस्कार प्रदान गरिएको छ । उपशाखाले सञ्चालन गरेको एम्बुलेन्सका चालक रुपचन्द्र हुमागाईंलाई नगद रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको उपशाखाका सभापति कल्पदीप खड्काले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।