अहिले सम्मकै उच्च : धनकुटाका ४६ सहित प्रदेश १ मा आज थपिए १ हजार २०६ संक्रमित

विराटनगर । धनकुटाका ४६ सहित प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् ।

यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा महिला ११४ र पुरुष १८५ सहित २९९, सुन्दरहरैचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनबर्षी र कानेपोखरीमा १२–१२, कटहरीमा ११, बेलबारीमा ९, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा ४, रंगेली र जहदामा ३–३, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १, सुनसरीको धरानमा १०६, इटहरीमा १००, बर्जुमा ३५, इनरुवामा २८, गढीमा ९, दुहवीमा ८, देवानगञ्जमा ५, बराहक्षेत्र, भोक्राहानरसिंह ४–४, हरिनगर र कोशी गाउँपालिकामा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ५, झापाको विर्तामोडमा ७१, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा ७–७, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्ज र गौरादहमा २–२, बा¥हदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, छथरमा १५, महालक्ष्मी, शहिदभूमी र पाख्रिवासमा १–१ र स्थानीय तह नखुलेका २, ते¥हथुमको आठराईमा २६, इलामको इलाम नगरपालिकामा २४, चुलाचुली, माईजोगमाई र फाकफोकथुम १–१, उदयपुरको कटारीमा १६, चौदण्डीगढी र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा ३ र श्रीजंगामा १, भोजपुरको हतुवागढी र भोजपुरमा १–१, पाँचथरको हिलिहाङ र फिदिममा १–१, खोटाङको बराहपोखरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६ हजार ५६९ पुगेको छ ।

संक्रमित भएका मध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन् । आज २८८ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १४ हजार ५४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।