लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युडको भूकम्प, घर भत्कँदा एकजना घाइते

काठमाडौं । लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालमा सहजै महशुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले क्षेत्रलाई केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको क्षतिको बारेमा केहि विवरण आइसकेको छैन । विहानै भूकम्पको ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका थिए ।

भूकम्पले बेसीशहर नगरपालिकामा घर भत्किँदा एक महिला घाइते भएको लमजुङका प्रमुख प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए । ‘एकजना घाइते हुनेबाहेक भूकम्पले त्यति ठूलो क्षति पुर्‍याएको छैन ।

उहाँ अहिले अस्पताल भर्ना भइसक्नु भएको छ,’ मिश्रले भने, ‘धक्का ठूलै महसुस गरिए पनि क्षति सामान्य छ ।’बिहानै भूकम्पको ठूलो धक्का महसुस गर्दा जिल्लाबासीहरु आत्तिएको मिश्रले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।