नेता मल्लको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गर्नुभएको छ ।

सभापति देउवाले आज शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुनुहुन्थ्यो।
मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।